संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले दिगो विकास लक्ष्यहरू दिगो विकास लक्ष्य लाई विश्वको साझा विकास एजेण्डाका रूपमा अंगीकार गरेका छन्।दिगो विकासका लागि एजेण्डा सन् २०३० द्धारा स्थापित दिगो विकासका लक्ष्यहरू दशकौं लामो अन्तर्राष्ट्रिय अनुभवका आधारमा एकीकृत ढंगबाट सामाजिक समावेशीकरण सहित वातावरणीय रूपमा दिगो आर्थिक विकास गर्ने उद्धेश्यबाट आएको हो । मूलत: विश्वव्यापी आदर्श समाज निर्माण गर्ने अभिप्रायबाट आएको दिगो विकासको अवधारणा तीनओटा मान्यताबाट प्रेरित छ:क प्रचुर सम्पन्नताको बीचमा गरिबी रहनु हुन्न, ख.मुलुकहरूले सामाजिक सद्भाव र गतिशीलता कायम राख्दै असमानताहरू अन्त्य गर्ने र समाज भित्र र बाहिर रहेका थुप्रै विभेदहरूको अन्त्य गर्नुपर्दछ, र ग.पृथ्वीको संरक्षण गर्ने नैतिक दायित्व सबैले लिनु पर्दछ। दिगो विकास लक्ष्यले सहस्राब्दी लक्ष्यहरूलाई अनुसरण गरेका छन् जुन विश्वव्यापी योजनाको रूपमा सन् २००१-२०१५ को अवधिमा लागू गरिएको थियो।सहस्राब्दी विकास लक्ष्यहरू धेरै हदसम्म सफल रहे किनकि ती विशिष्टीकृत, समयसीमाबद्ध, नतिजाबद्ध र अनुगमनको लागि सहज थिए।यद्यपि, सहस्राब्दी विकास लक्ष्यले गरिबी, असमानता र बञ्चितीकरणका धेरै कारक तत्वहरू छुन सकेको थिएनन्।

दस्तावेज