प्रदेशको वस्तुस्थिति विवरण

“सुखी नेपाली, समृद्ध नेपाल” बनाउने संकल्पलाई साकार पार्नका लागि तर्जूमा गरिने नीति, योजना र कार्यक्रमहरू प्रदेशको वास्तविक धरातलमा उभिएको हुनुपर्छ भन्ने कुरामा दुईमत छैन। विकासका दृष्टिले यो प्रदेश अहिले कहाँ छ, यसका चुनौती, अवसर र तुलनात्मक लाभका क्षेत्र के के छन भनेर पहिचान गर्नको लागि यो वस्तुस्थिति विवरण तयार गरिएको हो। यो दस्तावेजले प्रदेश सरकारको विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति तथा योजना बनाउन मात्र होइन थप खोज, अध्ययन र अनुसन्धान गर्न संघीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, विभिन्न निकाय, विकास साझेदार लगायतका सरोकारवाला एवं अध्यय