पन्ध्रौं योजना तर्जुमा गर्दा संविधानमा उल्लेखित  मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीति लगायतका अन्य व्यवस्था, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय परिदृश्य तथा सरकारका प्रतिबद्धताहरूलाई ध्यान दिइएको छ । वर्तमान सरकारको ‘समृद्ध नेपाल , सखी नेपाली’ को परिकल्पना पूरा गर्न आगामी २५ वर्षका लागि दीर्घकालीन सोच २१०० को प्रारूप सहितको परिदृश्य तयार गरिएको छ।उक्त सोच हासिल गर्ने आधार योजनाका साथ प्रदेश र स्थानीय तहका दीर्घकालीन सोच र आवधिक योजनालाई समेत मार्गदर्शन गर्ने गरी यो पन्ध्रौं योजना तर्जुमा गरिएको छ ।

दस्तावेज