दिगो विकासका लक्ष्यहरू (बागमती प्रदेशको अवस्था तथा मार्गचित्र)

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले दिगो विकास लक्ष्यहरू दिगो विकास लक्ष्य लाई विश्वको साझा विकास एजेण्डाका रूपमा अंगीकार गरेका छन्।दिगो विकासका लागि एजेण्डा सन् २०३० द्धारा स्थापित दिगो विकासका लक्ष्यहरू दशकौं लामो अन्तर्राष्ट्रिय अनुभवका आधारमा एकीकृत ढंगबाट सामाजिक समावेशीकरण सहित वातावरणीय रूपमा दिगो आर्थिक विकास गर्ने उद्धेश्यबाट आएको हो । मूलत: विश्वव्यापी आदर्श समाज निर्माण गर्ने अभिप्रायबाट आएको दिगो विकासको अवधारणा तीनओटा मान्यताबाट प्रेरित छ:क प्रचुर सम्पन्नताको बीचमा गरिबी रहनु हुन्न, ख.मुलुकहरूले सामाजिक सद्भाव र गतिशीलता कायम राख्दै असमानताहरू अन्त्य गर्ने र समाज भित्र र बा